Sajilo Sikcha Pvt.Ltd
     1. Shree Jageshwor Ma. Vi., Bhimsen NaPa, Gorkha      2. Janata Ma. Vi., Ratuwamai NaPa, Morang      3. Churiyamai Secondary School, Hetauda UpamaNaPa, Makwanpur      4. Shree Janajoti Ma. Vi., Temal GaPa, Kavrepalanchok      5. Shree Kalika English Ma. Vi., Puthan NaPa, Puthan      6. Shree Pravat Ma. Vi., Jhimruk GaPa, Pyuthan      7. Shree Laxmi Ma. Vi., Morang      8. Shree Kalika Devi Aadharbhut School, Umakunda 5 Ramechhap      9. Laptop Distribution in Shree Janta Mavi, Rupani 5 Saptari      10. Program Form

2nd Phase Per Teacher Per Laptop

Home

2nd Phase Per Teacher Per Laptop

एक शिक्षक, एक ल्यापटप

कार्यक्रम प्रस्ताव तथा समन्वय अनुरोध पत्र

श्रीमान मेयर, उप-मेयर, शिक्षा अधिकारी, विद्यालयका प्रधानाध्यापकज्यू, सामुदायिक तथा निजी विद्यालयहरू
सम्बन्धित स्थानीय तह / जिल्ला

विषय: "एक शिक्षक, एक ल्यापटप" दोस्रो तह कार्यक्रम प्रस्ताव पेश गर्ने सम्बन्धमा

श्रीमान,

नेपाल सरकारको डिजिटल शिक्षामा रूपान्तरण गर्ने लक्ष्यलाई आत्मसात् गर्दै सजिलोशिक्षा प्रा.लि. द्वारा सञ्चालित "एक शिक्षक, एक ल्यापटप" दोस्रो तह कार्यक्रम चालु आर्थिक वर्ष २०८२/८३ मा लागू गर्न इच्छुक सामुदायिक विद्यालयहरूबाट प्रस्ताव आह्वान गरिन्छ। विद्यालय तथा शिक्षकलाई प्रविधिमैत्री बनाउँदै शिक्षण-शिकाइ प्रक्रियालाई डिजिटल माध्यमबाट प्रभावकारी बनाउने उद्देश्यले यस कार्यक्रमलाई थप व्यवस्थित र सफलतापूर्वक कार्यान्वयन गर्न निम्न व्यवस्थापन आवश्यक रहेको जानकारी गराउन चाहन्छौं। यस कार्यक्रमको उद्देश्य विद्यालयलाई पूर्णरूपमा डिजिटल विद्यालय बनाउनु रहेको छ।

यस सन्दर्भमा, सम्बन्धित स्थानीय तह/जिल्लाका सामुदायिक विद्यालयहरूलाई सूचना सम्प्रेषण गर्न, आवश्यक समन्वय तथा सहजीकरण गरी तोकिएको मिति भित्र प्रस्तावहरू संकलन गरी यस संस्थामा पठाउन अनुरोध गरिन्छ।

सम्बन्धित विद्यालयहरूले १५ दिनभित्र निम्न कागजातहरू संस्थाको आधिकारिक Email Id: [email protected] मा पठाउनु पर्नेछ:

विद्यालयहरूले अनिवार्य रूपमा उपलब्ध गराउनु पर्ने कागजातहरू:

इच्छुक विद्यालयहरूले १५ दिनभित्र निम्न कागजातहरू संस्थाको आधिकारिक इमेल ठेगाना: [email protected] मा पठाउनु पर्नेछः

  1. विद्यालयको माइनेटिङ रिपोर्ट (School Monitoring Report)
  2. सामग्रीको माग फारम (Requirement Form)
  3. विद्यालयबाट छनोट गरिएका प्रविधि सामग्रीहरूको विवरण (ल्यापटप, स्मार्ट बोर्ड, स्मार्ट टिभी, प्रोजेक्टर, सीसीटीभी क्यामेरा आदि)

 

विशेष सुविधाहरू:

कम्तीमा ४०-६०% छुट को व्यवस्था गरिनेछ।
विद्यालय प्रशासनलाई प्रविधिमैत्री बनाउन आवश्यक सफ्टवेयर तथा डिजिटल उपकरणहरू उपलब्ध गराइनेछ।
विद्यालयबाट प्राप्त सम्पूर्ण विवरणका आधारमा, १५ देखि २० दिनभित्र कार्यक्रमको अन्तिम प्रतिवेदन (Final Report) सजिलोशिक्षा प्रा.लि. द्वारा प्रस्तुत गरिनेछ।

उल्लिखित कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तह, विद्यालय प्रशासन तथा सरोकारवालाहरूको सक्रिय सहभागिता आवश्यक छ। तसर्थ, विद्यालयहरूबाट शीघ्र आवश्यक कागजात संकलन गरी समन्वय गर्न अनुरोध गरिन्छ।

कार्यक्रमको प्रमुख उद्देश्य:

✅ विद्यालयलाई पूर्ण डिजिटल विद्यालय बनाउने।             

✅ शिक्षण सिकाइ प्रक्रियामा प्रविधिको प्रभावकारी प्रयोग।
✅ डिजिटल माध्यमबाट गुणस्तरीय शिक्षा प्रवाह गर्ने।                     

✅ शिक्षकहरूलाई प्रविधिमैत्री बनाउने।
✅ विद्यालयको प्रशासनिक तथा शैक्षिक व्यवस्थापनलाई प्रविधिकरण गर्ने।         

✅ विद्यालयलाई पूर्ण डिजिटल विद्यालयमा रूपान्तरण गर्ने।
✅ शिक्षक तथा विद्यार्थीलाई प्रविधिमैत्री बनाउँदै शिक्षण-सिकाइलाई प्रभावकारी बनाउने।     

✅ विद्यालय व्यवस्थापन तथा प्रशासनिक प्रणालीलाई प्रविधिकरण गर्ने।
✅ गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्दै विद्यार्थीहरूको सिकाइ क्षमतामा वृद्धि गर्ने।

✅ डिजिटल प्रविधिको माध्यमबाट अन्तरक्रियात्मक शिक्षण प्रणालीको विकास गर्ने।

 

शिक्षामा डिजिटल प्रणालीको फाइदा:

गुणस्तरीय र प्रभावकारी शिक्षा: डिजिटल सामग्रीको प्रयोगले विद्यार्थीहरूको बुझाइ र सिकाइ क्षमता वृद्धि हुन्छ।
✔ अभिलेखीकरणको सहजता: विद्यार्थी, शिक्षक, परीक्षा, र विद्यालय व्यवस्थापनलाई डिजिटल माध्यमबाट व्यवस्थित गर्न सकिन्छ।
✔ शिक्षकहरूको दक्षता वृद्धि: प्रविधिको उपयोगले शिक्षकहरूको कार्यसम्पादन सुधार गर्छ।
✔ विद्यार्थीको सिर्जनात्मकता अभिवृद्धि: इन्टरनेट र डिजिटल उपकरणको प्रयोगले विद्यार्थीहरूलाई अनुसन्धानमुखी सिकाइमा संलग्न गराउँछ।
✔ समय र स्रोतको बचत: कागजी प्रक्रियालाई हटाएर सबै डाटा अनलाइन राख्न सकिन्छ, जसले समय र स्रोतको बचत हुन्छ।
✔ राम्रो प्रशासनिक व्यवस्थापन: डिजिटल प्रणालीमार्फत शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति, गृहकार्य, मूल्यांकन, पाठ्यक्रम व्यवस्थापन सहज हुन्छ।

✔ गुणस्तरीय शिक्षामा पहुँच: डिजिटल माध्यमबाट विद्यार्थीहरूलाई अन्तरक्रियात्मक शिक्षण वातावरण उपलब्ध गराउने।
✔ समय तथा स्रोतको बचत: कागजी झन्झट हटाई डिजिटल प्रणालीमार्फत विद्यालय व्यवस्थापनलाई सरल र व्यवस्थित बनाउने।
✔ शिक्षकहरूको दक्षता अभिवृद्धि: प्रविधिको उच्चतम उपयोग गरी शिक्षण विधिहरूलाई आधुनिक प्रविधिसँग जोड्ने।
✔ विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि: अनुसन्धानमुखी शिक्षण प्रविधिहरूको प्रयोग गरी विद्यार्थीहरूलाई आधुनिक प्रविधिमा अब्बल बनाउने।

१. विद्यालय व्यवस्थापन सफ्टवेयर तथा आधिकारिक वेबसाइट स्थापना

विद्यालयमा प्रशासनिक तथा शैक्षिक कार्यहरूलाई डिजिटल माध्यमबाट प्रभावकारी रूपमा व्यवस्थापन गर्नका लागि विद्यालय व्यवस्थापन सफ्टवेयर तथा आधिकारिक वेबसाइट आवश्यक रहेको छ।

✅ विद्यालय व्यवस्थापन सफ्टवेयरको विशेषताहरू:

  • विद्यार्थी तथा शिक्षक अभिलेख प्रणाली
  • परीक्षा तथा मूल्यांकन व्यवस्थापन
  • शुल्क तथा उपस्थिति व्यवस्थापन
  • सूचना तथा सूचनाप्रवाह प्रणाली

✅ अनुमानित लागत: रु. २०,०००/-

२. शिक्षक व्यवस्थापन सफ्टवेयर तथा व्यक्तिगत वेबसाइट

शिक्षकहरूको दक्षता अभिवृद्धि गर्दै उनीहरूको शिक्षण सामग्रीलाई डिजिटल प्रविधि अनुरूप विकास गर्नका लागि प्रत्येक शिक्षकको व्यक्तिगत वेबसाइट आवश्यक रहेको छ।

✅ शिक्षक व्यवस्थापन सफ्टवेयरका विशेषताहरू:

  • शिक्षक प्रोफाइल तथा शैक्षिक विवरण
  • डिजिटल पाठ योजना निर्माण तथा साझेदारी
  • अनलाइन स्रोत तथा शिक्षण सामग्री व्यवस्थापन

✅ प्रति शिक्षक वेबसाइट नाम दर्ता शुल्क: रु. ३,०००/-

३. प्रविधिमैत्री शिक्षण प्रणाली विकासका लागि अनिवार्य तालिम तथा सहजीकरण

कार्यक्रमलाई प्रभावकारी बनाउन शिक्षकहरूलाई डिजिटल सामग्री सिर्जना, प्रविधिको उच्चतम उपयोग तथा अनलाइन शिक्षण विधिहरू सम्बन्धी विशेष तालिम उपलब्ध गराइनेछ।

✅ तालिमका प्रमुख उद्देश्यहरू:

  • डिजिटल शिक्षण सामग्री निर्माण तथा प्रयोग
  • प्रविधिमैत्री शिक्षण-सिकाइ प्रक्रिया अपनाउने सीप विकास
  • विद्यालय तथा कक्षा व्यवस्थापनमा प्रविधिको प्रभावकारी प्रयोग

यस महत्वपूर्ण कार्यक्रमको सफल कार्यान्वयनका लागि स्थानीय तह, विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूको सक्रिया सहभागिता अपेक्षित छ। उल्लिखित कार्यक्रम तथा व्यवस्थापनको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह, विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता अनिवार्य रहेको छ। अतः कार्यक्रमलाई सफलतापूर्वक संचालन गर्न आवश्यक समन्वय, सहजीकरण तथा विद्यालयहरूबाट शीघ्र कागजात संकलन गरी जानकारी गराइदिनुहुन अनुरोध गरिन्छ।

सम्पूर्ण कागजातहरू अध्ययन गरेर कार्यक्रमको बारेमा बुझेर त्यसको लागि कति ल्यापटप स्मार्टबोर्ड प्रोजेक्टर क्यामेरा र प्रिन्टर कुन मोडलको छनोट गर्नुहुन्छ त्यो सबै हाम्रो sajilosikcha.com.np बा https://sajilosikcha.com.np/ मा गएर अनलाइन फर्म भर्नुपर्ने हुन्छ। त्यसको लागि हामीले फर्म दर्ता शुल्क भनेर रु १५००/- राखेका छौं। थप जानकारीको लागि सम्पर्क गर्नुहोला  [email protected] /whatsapp no 9863324861 

सहयोगका लागि धन्यवाद!

 

Copyright 2026. All Rights Reserved. Sajilo Sikcha Pvt.Ltd