MAHAKALI SECONDARY SCHOOL
  099580212
  Belauri, Kanchanpur, Sudurpashchim, Nepal
  mahakalimavi.edu.np
  School IEMIS Number :   720180001
     1. २०८१ सालको कक्षा १२ को मौका परीक्षा      2. अटवारी पर्वको शुभकामना      3. हरितालिका तिज तथा ऋषिपञ्चमीको विदा सम्बन्धमा ।      4. कक्षा १० , सामाजिक अध्ययन, एकाइ -६, पाठ-१ हावापानीमा प्रभाव पार्ने तत्वहरु शिक्षण सिकाई      5. कक्षा १२ को मौका (पूरक) परीक्षाको समयतालिका तथा आवेदन फाराम बुझाउने सम्बन्धी सूचना      6. श्रीकृष्णजन्माष्टमी तथा गौरा पर्वको बिदा सम्बन्धि सुचना ।

Message

Home

Message

असल शिक्षकका गुणहरु

असल शिक्षकका गुणहरु:

१. राम्रो शिक्षकले कक्षाकोठामा भएका सबै विद्यार्थीलाई पहिचान गर्न सक्छ। नाम, ठेगाना तथा पारिवारिक पृष्ठभूमि, आर्थिक हैसियत र विद्यार्थीका व्यक्तिगत समस्यासमेत थाहा पाएको हुन्छ।

२. राम्रा शिक्षकले ती सबै विद्यार्थीले समान अवसर दिन्छन्। जसलाई उत्तर थाहा पाएर पनि बोल्न नसक्ने हुन्छन् र शिक्षकले बोल्न सक्ने वातावरण सिर्जना गरी उनीहरुलाई सहयोग गर्छन्।

३. कमजोर विद्यार्थीलाई उनीहरुका कमजोरी हटाउन र उनीहरुलाई बलियो बनाउन सहयोग गर्छन्। कक्षाकोठामा मध्यम विद्यार्थीलाई आधार मानेर अध्यापन गर्छन्।

४. राम्रा शिक्षक विद्यार्थीका साथीजस्तै हुन्छन्। विद्यार्थीको ठट्टा र चुट्किलामा हाँस्न सक्छन्। र, निकै स्नेहले व्यवहार गर्छन् ताकि विद्यार्थीले विद्यालयमा पनि आफ्नै अभिभावकको अनुभूति गर्न सकुन्।

५. उत्तरपुस्तिका परीक्षण गर्दा विद्यार्थीले गलत लेखेको अवस्थामा रातो मसीले गोलो लगाउनुको साटो उत्तर कसरी सही हुन्छ भन्ने जानकारी दिन्छन्। विद्यार्थीलाई हतोत्साही बनाउने होइन, अझै उत्साही र परिस्कृत हुन प्रेरित गर्छन्।

६. जो शिक्षक विद्यार्थीलाई स्वतन्त्रता दिन रुचाउँछन्, दिन्छन्, विद्यार्थीलाई आफ्नो दृष्टिकोण राख्न सहयोग गर्छन्, ती राम्रा शिक्षक हुन्छन्। दवावमा राखेर होइन, प्रभावित पारेर सिकाउनु असल शिक्षकको सबैभन्दा ठूलो गुण हो।

७. विद्यार्थीसँग खेल खेल्ने, चिया तथा खाजा खान नहिच्किचाउने शिक्षक राम्रा हुन्छन्। त्यसले शिक्षक–विद्यार्थीबीच सहकार्य बढाउँछन्। सहकार्यले विद्यार्थीलाई उत्तर दिने मात्र होइन, प्रश्न गर्न पनि सिकाउँछ।

८. विद्यार्थीसँग कहिले साथी, त कहिले अभिभावक, अध्यापक, दाजुभाइ तथा दिदीबहिनी जस्तै सम्बन्ध निभाउने शिक्षक राम्रा शिक्षक हुन्छन्। जसले विद्यार्थीका व्यक्तिगत समस्या समाधानमा पनि हिस्सेदारी लिन्छन्, ती शिक्षक विद्यार्थी र अभिभावकको आँखाका नानी बन्छन्।

९. विद्यार्थीको मनोभावना बुझेर ऊ दुःखी छ भने उसलाई खुसी बनाउने शिक्षक र उसको समस्या पहिचान गरेर समाधान गरिने शिक्षक राम्रा हुन्छन्। विद्यार्थीको मनोविज्ञानको ख्याल गर्दा आत्मीय मात्रै बढ्दैन, पढाइप्रतिको अभिरुचि पनि बढ्छ।

१०. पढाइसँगै अतिरिक्त क्रियाकलापमा सघाउने, विद्यार्थीको चाहना बुझेर उसलाई सिकाउने शिक्षक राम्रा शिक्षकमा पर्छन्। यसले विद्यार्थीलाई बहुमूखी प्रतिभा विकासमा सघाउ पनि पुग्छ।


Feed Back/complain Form
Field required*
Field required
Field required*
Field required*
Field required*
Copyright 2024. All Rights Reserved. MAHAKALI SECONDARY SCHOOL